सिलगढी: सिलगढी शहरको जलपाई मोड़ नजिकैको रामघाट क्षेत्रको विनय कृष्णपल्ली क्षेत्रबाट पुलिसले एक अपरिचित व्यक्तिको शव फेला पारेको छ। सूत्रका अनुसार,एक बिहानै स्थानीयवासीले पञ्चनदीमा एक व्यक्तिको शव तैरिरहेको अवस्थामा देखे। लगत्तै यसको जानकारी तिनीहरूले सिलगढी महानगरीय पुलिसको मतिगडा थानालाई दिए।मतिगडा थानाको पुलिस आएर नदीबाट शव निकालेर पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज अस्पताल पठाएको छ। पुलिसले मृतक व्यक्तिको मोबाइल फोन र पैसाको पर्स नियन्त्रणमा लिएको छ। यस घटनाबारे मतिगडापुलिस चौकीले थप अनुसन्धान गरिरहेको छ।