रिंकु सिंहले आफ्नो प्रत्येक छक्का उनको निम्ति संघर्ष गर्नेहरूलाई समर्पित गरे

IMG-20230410-WA0107.jpg

१० अप्रेलः गुजरात टाइटन्स विरुद्ध इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को म्याचमा अन्तिम ५ बलमा लगातार ५ छक्का लगाएर कलकत्ता नाइट राइडर्सलाई यादगार जीत दिलाउने रिंकु सिंहले आफ्नो हरेक छक्कालाई उनको निम्ति संघर्ष गर्ने परिवारलाई समर्पित गरे। रिंकु उत्तर प्रदेशको अलीगढ़बाट एउटा सामान्य परिवारबाट आएका छन्। उनका पिताले घरहरूमा ग्यास सिलेण्डर पुऱ्याउने काम गर्थे। परिवारलाई ऋणको बोझबाट बाहिर निकाल्न रिंकुले उत्तर प्रदेश अण्डर-१९ टीमका खेलाड़ीको रूपमा प्राप्त हुने रकमलाई बचाएर राख्नको साथै घरमा नोकरको काम पनि गरेका थिए। त्यही रिंकुले आइतवार राति २१ बलमा ६ वटा छक्का र एउटा चौकाको साथ केकेआर-लाई निश्चित हारबाट बचाए। यस २५ वर्षीय ब्याटरले गत सत्रमा पनि १५ बलमा ४० रनको विध्वंशी ईनिंग्स खेलेका थिए तर त्यस म्याचमा लखनऊ सुपर जाइण्ट्स विरुद्ध अन्तिम ओभरमा जरूरी २१ रन बनाउन सकेका थिएनन्।
अहमदाबादमा गुजरात टाइटन्स विरुद्ध अविस्मरणीय ईनिंग्स खेलेपछि रिंकुले भने, लक्ष्यलाई हासिल गर्न सकिने मलाई विश्वास थियो। गत साल पनि लखनऊ विरुद्ध यस्तै स्थिति थियो। विश्वास त्यस समय पनि थियो। आज मैले अधिक सोचिनँ अनि एकपल्ट एक शट् लगाउँदै गएँ। उनले भने, मेरो पिताले धेरै संघर्ष गरेका छन्। म किसान परिवारबाट आएको हूँ। यसैकारण आज मैले मैदान बाहिर पठाएको हरेक बल ती मानिसहरूलाई समर्पित गर्न चाहन्छु, जसले मेरो निम्ति यति धेर बलिदान दिए। केकेआर-का कप्तान नीतिश राणाले भने, रिंकुले गत वर्ष पनि यस्तै केही गरेका थिए तर हामीले म्याच जित्न सकेका थिएनौं। गुजरात विरुद्ध दोस्रो छक्का लागेपछि चाहिँ हामीले विश्वास गर्न शुरु गऱ्यौं कारण यश दयालले असल प्रदर्शन गरिरहेका थिएनन्। यसको पूरा श्रेय रिंकुलाई जान्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement