कोरोनाको ५,८८० नयाँ मामिला, १४ जनाकाे मृत्यु
नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ५,८८० नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४७,६२,४९६ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले दिल्ली र हिमाचल प्रदेशमा ४-४ जना, गुजरात, जम्मू-कश्मीर, महाराष्ट्र, राजस्थानमा १-१ अनि केरलमा २ जना गरी कुल १४ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,९७९ पुगेको छ। यसरी नै यस अवधिमा ३,४८१ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,९६,३१८ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७३% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या ३५,१९९ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता ६.९१ प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता ३.६७ प्रतिशत रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ८५,०७६ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,२८,५६,४८६ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा २०५ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६६,२३,५२७ जनाले यो खोप लगाइसकेको छन्।