कोलकाता: हावड़ास्थित समरितान मिशन स्कूल विश्वको टप-१० प्रेरणादायक स्कूलहरूमा सामेल भएको छ। यूके केन्द्रित संस्थान टी-४ एजुकेशनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थाहरूको साथ मिलेर विश्वभरिमा यस्ता स्कूलहरूमाथि एक शोध गरेको छ र त्यसको सूची तयार पारेको छ। उक्त सूचीमा विश्वका शीर्ष १० स्कूलमा हावड़ाको स्कूललाई सामेल गरिएकोमा मुख्यमन्त्री ममता ब्यानर्जीले खुशी व्यक्त गर्दै शुभकामना दिएकी छन्।
उनले शुक्रवार ट्वीट गरिन्, ‘हावड़ाको समरितान मिशन स्कूल विश्वभरिको १० शीर्ष प्रेऱणादायक स्कूलहरूमध्ये एक हो भनी जानकारी साझा गरिरहेको समय मलाई खुशी लागिरहेछ। यूके स्थित शोध संस्थान टी-४ ले अन्तरराष्ट्रिय स्तरमा प्रशंसित निकायहरूको साथ साझेदारीमा विश्वका सर्वश्रेष्ठ स्कूलहरूलाई पुरस्कारको निम्ति चयन गरेको छ। ती स्कूलहरूको चयन गरिएको छ, जो प्रतिकूल परिस्थितिहरूलाई नियन्त्रण गर्नमा प्रेरणादायक रहेका छन् अनि त्यसमा हावड़ाको यो स्कूल टप टेनमा सामेल छ। यसको निम्ति बधाई र शुभकामना’।