१ जुलाईदेखि ७५ माइक्राेनसम्मकाे प्लास्टिककाे प्रयाेगमा प्रतिबन्ध

मिरिक: पश्चिम बंगाल सरकारले आगमी १ जुलाईदेखि ७५ माइक्राेनसम्मकाेल प्लास्टिककाे प्रयाेगमा प्रतिबन्ध लगाएपछि उक्त विषयलाई केन्द्र गरेर शुक्रबार मिरिक नगरपालिकाले नगरपालिका कार्यालयमा एउटा सभाकाे आयाेजना गर्याे।मिरिक नगरपालिकाका एक्जुकेटिभ अफिसर काजल कुमार विश्वासकाे उपस्थितिमा भएका सभामा मिरिक नगरपालिकाका सेनेटेरी इन्सपेक्टर महेन्द्र प्रधान,प्रमुख इन्जिनियर नीमासाङ तामाङ, बडीआमा ममता सुब्बा, मिरिक ब्यावसाय संगठनका अध्यक्ष साैराज गाेले,सह सचिव एसबी गजमेर,पृथ्वीराज सुनार, मिरिक थानाका एसआई सुरज कुमार लाेहार, लेट्स गाे फाउण्डेसनका अध्यक्ष राकेस शर्मा, सचिव श्रीदर्शन गुरूङ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू उपस्थित थिए। सभाले सरकारकाे निर्देश अनुसार मिरिकलाई प्लास्टिक मुक्त बनाँउन आगमी १ जुलाईदेखि कडाईकाे साथमा ७५ माइक्रोन भन्दा मुनिकाे प्लास्टिककाे प्रयाेगमा प्रतिबन्ध लगाँउने निर्णय गर्दै यदि कसैले अट्टेरी गरेर नियमकाे उलघंन गरे विक्रेतालाई पाँच सय अनि ग्राहकलाई पचास रूपियाँ जरीमाना गरिने निर्णय गरेकाे छ। यस अवसरमा बाेल्दै मिरिक नगरपालिकाका एक्जुकेटिभ अफिसर काजल कुमार विश्वास, सेनीटेरी इन्सपेक्टर महेन्द्र प्रधानले मिरिक नगरपालिकाले मिरिकलाई सुन्दर र ब्यावस्थित बनाँउन मिरिक नगरपालिकाले साताकाे प्रत्येक शनिबार सफाई अभियान चलाई रहेकाे छ यद्यपि आगमी १ जुलाईदेखि सरकारी नियमलाई मिरिकमा कडाईकाे साथमा लागू गरेर कार्यनयन गर्न हामीले कम्बर कसी सकेका छाै भने।द्वयले सबैलाई सरकारी नियमलाई पालन गरिदिने अनुराेध गर्दै सबैकाे सहयाेग र सहभागिताले नै मिरिकलाई प्लास्टिक मुक्त बनाँउन सकिनेछ भने। लेट्स गाे फाउण्डेसनका अध्यक्ष राकेस शर्माले लेट्स गाे फाउण्डेसनले प्लास्टिक मुक्त मिरिक र प्रयाेगपछि फालिएका प्लास्टिकहरूलाई संग्रह गरि सही ब्यावस्थापन गर्ने कार्य गरिरहेकाे बेला सरकारले १ जुलाईदेखि प्लास्टिक विरूद्ध जारी गरेकाे निर्देशले फाउन्डेसनलाई प्लास्टिक विरूद्ध लडाई लडन थप बल प्रदान गरेकाे बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement