नयाँ दिल्ली: बलिवुड स्टारहरूको घर बाहिर सधैं क्यामेरा पर्सनहरू बसेका हुन्छन्। उनीहरुको घरबाहिर के हुन्छ उनीहरुले शेयर गरेको भिडियो र फोटोबाट थाहा हुन्छ। शुक्रबार, पुलिस सैफ अली खान र अनन्या पाण्डेको घरमा देखियो। उनीहरुको घर जाँदै गर्दा पुलिस देखियो। यही क्रममा सामाजिक सञ्जालमा भिडियो भाइरल भइरहेको छ। दुवैको घरबाहिर पुलिसको गाडी देखियो र त्यसपछि पुलिस घरभित्र पसे। तर, फ्यानहरूले चिन्ता लिनु पर्दैन। पुलिस कुनै नकरात्मक कारणले बलिवुड स्टारको होइनन्, तर निमन्त्रणाका कारण दुवैको घर गएका हुन्। वास्तवमा, मुम्बई पुलिस उनलाई एक कार्यक्रममा निम्तो दिन गएको थियो। यसअघि मुम्बई पुलिस मलाइका अरोराको घरमा भेटिएको थियो। त्यतिबेला पनि पुलिस उनलाई निमन्त्रण दिन गएका थिए। यो भिडियो शेयर गर्दै भाइरल भयानीले लेखेका छन्, ‘मुम्बई पुलिस करीना कपूर खान र अनन्या पाण्डेलाई एउटा कार्यक्रममा निम्तो दिन आएको थियो।’