कोलकताः पश्चिम बंगाल पुलिसको स्पेशियल टास्क फोर्स (एसटीएफ) ले अन्तर राज्यीय मादक गिरोहका साथ दुई तस्करलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपितहरूको नाम आकाश शेख र टिंकू शेख रहेको बताइएको छ। आरोपितहरूबाट पुलिसले ३५ किलो गॉंजा जफत गरेको छ, जसलाई उनीहरू सीमा पारी तस्करी गर्ने प्रयासमा थिए।
एसटीएफका एसपी आईपीएस इन्द्रजीत बसुले आइतवार बिहान उक्त जानकारी दिए। उनले भने, शनिवार सॉंझ दुईजना उत्तर २४ परगना जिल्लाको बारासात थाना अन्तर्गत जैसोर रोडको ह्रदयपुर मोडमा आइरहेको सूचना पुलिसलाई प्राप्त भएको थियो। एसटीएफले स्थानीय थानासॅंग मिलेर दुई आरोपितलाई पक्राउ गऱ्यो। उनीहरूबाट ३५ किलो गॉंजा जफत गरिएको छ। दुवै मुर्शिदाबादको रानीनगर निवासी हुन्। उनीहरूले सीमा पारीबाट मादक पदार्थ ल्याएर राज्यका विभिन्न ठाउॅंहरूमा तस्करी गर्ने गरेको बताएका छन्।









