मुख्यमन्त्रीले गरे जियो ट्रू ५जी सेवाको शुभारम्भ

99357108.jpeg.jpg

गान्तोकः सिक्किम राज्यमा जियो ट्रू ५ जी सेवा शुरु भएको छ। आइतवार सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले जियो ट्रू ५जी सेवाको शुभारम्भ गरे। मुख्यमन्त्रीको सरकारी निवास मिन्तोकगाङमा आयोजित एउटा कार्यक्रम अवधि यो सेवा शुभारम्भ गरेका मुख्यमन्त्रीले वर्तमान समयमा निर्वाध कनेक्टिभिटी आवश्यक रहेको उल्लेख गर्दै ५जी सोवाको सञ्चालनले सिक्किमका प्रत्येक गाउँ, स्कूल र ग्राम पञ्चायतमा नेटवर्क सेवामा सुधार आउने विश्वास व्यक्त गरेका छन्।

छोटो समयावधि भित्र भरपर्दो नेटवर्क प्रदायकहरू मध्ये जियो एउटा बन्न सकेको आफूले जानकारी प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै मुख्यमन्त्री तामाङले जियोले आफ्नो यो सक्षमतालाई निरन्तरता दिनेछ भन्ने विश्वास पनि व्यक्त गरेका छन्। सिक्किममा जियो ट्रू ५जी सेवा शुरु गर्ने सम्पूण टोलीलाई मुख्यमन्त्रीले बधाई पनि दिएका छन्।

About Author

Advertisement