मियाङ्सा: एउटा प्रभावशाली पुस्तक!

Miyangsa

राजबहादुर राई-

मिरिकमा भर्खरै लोकार्पित भएको पुस्तक ‘मित्याङ्सा’ (सम्झिरहेको छु) पढेपछि दुई कुरा लेखौं लाग्यो। कवि विजय बान्तवा ‘कैलाशी’ द्वारा लिखित, हाम्रो किताब घरको व्यवस्थापनमा, अनुग्रह बान्तवाद्वारा प्रकाशित यो पुस्तक पठनीय र प्रभावशाली छ। पुस्तक संरचना संस्मरणात्मक आख्यानले परिपूर्ण छ। स्थानीय मिरिकको इतिहासलाई पहिल्याउँदै गएको आख्यान रोमान्टिक भावले भरिएको छ। मिरिक वरिपरिका प्राकृतिक सौंदर्यलाई लेखकले खुबै सुन्दर ढंगमा प्रस्तुत गरेका छन्। आफ्नो प्रेमिका (शशि बान्तवा) सितको प्रणय गाथा सुन्दर र आकर्षक शैलीमा प्रस्तुत भएको छ।

पुस्तक भित्र धेरैवटा वाक्यहरू घतपर्दो र उदरणीय पनि छन्। जस्तै मेरो मुटुले हावा तान्यो, ” वासना धेरै बलियो हुन्छ “बिना धड़कनको मुटु बोकेर ” भेट बिनाको सम्बन्ध  ध्यान बिनाको पूजा जस्तै हो” “भाग्यमा छ भने बहिरा पनि सिपाही हुदो रहेछ,” इत्यादि| लेखकका विभिन्न अनुभवहरू, आफू स्कुल – कलेज पद्‌दाका दुःख र तकलिफ, बगान व्यवस्थापक हुँदाका पीर व्यथा, अनि विवाह पछिका रमाइला दिन र तीर्थाटनहरूको विवरण प्रशंसनीय रहेका छन्| उसरी नै व्यापार र व्यवसायमा लागेपछिका मिठा अनुभवहरू लोभलाग्दा छन्| काम गर्ने भनेको नै पैसाका लागि रहेछ ” भन्ने भनाइ ठीकै लाग्छ। त्यसपछिका उप- शीर्षकहरु मध्ये छ्‌यासीको आन्दोलन’ यथार्थ रूपमा उत्तारिएको छ। पढ्‌दै जाँदा तत्कालीन आन्दोलनका घटनाहरू आँखामा झलझली आउँछन्। स्यार्पीको हिंसात्मक अत्यचारले निर्दोष मानिसहरूको हत्या भएका बीभत्स दृश्यहरू यथार्थ रूपमा उतारिएका छन्। जति पढ्‌यो उति भयावह स्थितिहरू देखापर्दै जान्छ पुस्तकका अध्याय भित्र । यतिको तत्थ्य प्रस्तुत गर्नु पनि लेखकको आँट र साहसको कुरा हो। आन्दोलनको कारण र परिणाम बारे पनि राम्ररी विमर्श गरिएको छ जो सत्यदेखि टाढो छैन।

“साङ्‌मु”शीर्षकको अध्याय उत्सुकताले भरिएको तथा अत्यन्तै भयावह रहेको छ। यदि यो घटना साँच्चै हो भने, त्यसबेला भएको अति नै विषादपूर्ण घटना हो यो। ‘न्यूटिया’ शीर्षकदेखि उत्ता अति विदीर्ण अवस्थाको मार्मिक विवरण पाइन्छ। यसभित्रका संवादहरू साँच्चै हृदयस्पर्शी छन् जस्तै – जिन्दगीका रङ्‌गहरू उडेपछि जिन्दगीले कहाँ लेख्नु सक्दो रहेछ सप्तरङ्गी इन्द्रधनुषको रङ्‌गिन कथा ? ” प्रेमले मृत्युलाई नजित्दो रहेछ,” इत्यादि। पुस्तकमित्र कहीं प्रोयडवाद पाइन्छ कहीं शेक्सपियरको त्रासदीपूर्ण नाटकीय गुण। यो पुस्तक कुन विधामा पर्छ – लेखिएको छैन। यसलाई ‘उपन्यास’ विद्याभित्रै राख्नुमा कुनै हर्ज नहुनु पर्ने। नेपाली साहित्याकाशमा ‘मित्याङ्सा’ एउटा नवीन उपलब्धि भएको छ। मार्मिकताले भरिएको यो उपन्यास वियोगान्त छ। यति सुन्दर पुस्तकको लागि मेरा अभिन्न मित्र बिजय बान्तवा ‘कैलाशी’ प्रति हार्दिक बधाई सहित शुभेच्छा व्यक्त गर्दछु||

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement