कुचबिहार: उच्च माध्यमिक परीक्षामा कुचबिहार दिनहाटाका अदिशा देव शर्माले राज्यभरिमै प्रथम स्थान ओगटेकी छिन्। दिनहाटा सोनीदेवी जैन हाई
स्कुलकी छात्रा हुन्। अदिसाले ४९८ अङ्क हासिल गरेकी छन्। आज उच्च माध्यमिक परीक्षाको परिणाम प्रकासित भएको छ। उच्च माध्यमिक परीक्षामा राज्यभरिमै प्रथम स्थान ओगटेको बारेमा टिभीमा मार्फत् थाहा पाएपछि अदिसाले प्रथमतः विश्वासै गर्न सकिनन्। तिनको सफलतालाई लिएर परिवारका सदस्यहरू निक्कै खुसी छन् भने स्कुलका शिक्षक- शिक्षिकाहरूले गर्व अनुभव गरेका छन्। अदिसाको बाबु पेशाले प्राथमिक विद्यालयका शिक्षक हुन् । अदिसाले भन्छिन्, उच्च माध्यमिक परीक्षामा ४९८ अङ्क हासिल गरेर राज्यभरिमै प्रथम स्थान ओगट्न सफल बनेकोमा निक्कै खुसी छु। मेरो बाबु-आमा,शिक्षक- शिक्षिकाहरूले सबैले मलाई प्रेरित गरे तापनि पढाईको लागि मलाई कसैले कुनै प्रकारको दवाउ नदिएको तिनले बताइन्।