रुख ढलेर राङ्गामाटी रोड बन्द

IMG-20220610-WA0108.jpg

कालचिनी। आज विहान प्रायः ४.३० बजी मुसलधारे पानी परिरहेको बेला कालचिनी राङ्गामाटी रोड टेलिफोन एक्सचेन्ज संलग्न एउटा पुरानो शिरीषको रुख गर्ल्याम्मै ढल्दा प्रायः ४ वटा दोकान र घरहरु क्षतिग्रस्त बनेको छ।
विहान यसरी रुख ढल्दा बिजुलीको तार सबै विछिन्न बनेकोले क्षेत्रमा बिजुली सेवा ठप्प बन्नको साथै कालचिनीबाट मेचपाड़ा ८ नम्बर, चुवापाड़ा, राधारानी, राङ्गामाटी सेन्ट्रल डुवर्स जाने मार्ग बन्द भएको छ।

यत्रो घटना थाह पाएर पनि सम्बन्धित विभागबाट यसलाई हटाउने र सड़क र बिजुली परिसेवा आरम्भ नगरेको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement