निर्माण कार्य बन्द नगरे हामी जनहित याचिका दर्ता गर्नेछौंः अजय एडवर्ड
दार्जीलिङः अवैध निर्माणको विरोध जनाउँदै हाम्रो पार्टीले दार्जीलिङमा धरना प्रदर्शन गरेको छ। शहरको नेरू रोडस्थित अवैध निर्माण अघि हाम्रो पार्टीले आज विरोध प्रदर्शन गऱ्यो। यस अवधि पार्टी अध्यक्ष अजय एडवाडर्स उपस्थित रहेका थिए। हाम्रो पार्टी अनुसार, हाम्रो पार्टीको सोच र भिजनलाई नगरवासीहरूले मन पराएर दानपाको चुनाउमा हाम्रो पार्टीलाई पूर्ण बहुमतमा बोर्ड गठन गर्ने जनादेश दिएको थियो भने हाम्रो पार्टीको बोर्डले अवैध निर्माणहरू विरूद्व कार्वाही समेत शुरू गरेको थियो। तर रूपियाँ पैसाको चलखेलमा हाम्रो पार्टी तोड्ने कार्य गरियो। गत केही महिना अघिदेखि दार्जीलिङ नगरपालिका क्षेत्रहरूमा अवैध निर्माणहरू तीव्र गतिमा चलिरहेको छ।
यी विषयहरूलाई ध्यानमा राख्दै आज हाम्रो पार्टीले शहरको नेरू रोडस्थित अट्टालिका विल्डिङ अघि विरोध प्रदर्शन गरेको छ। हाम्रो पार्टीका समर्थकहरूले आ-आफ्नो हातमा प्लाकार्ड लिएर अवैध निर्माणहरूको विरूद्वमा नाराहरू लगाए। हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले दार्जीलिङमा रूपियाँ पैसा लिएर अवैध निर्माणहरू भइरहेको दाबी गरे। उनले भने, ”जमीन उनीहरूको हो हामी मान्छौं, तर हामीले खुल्ला आकाश हेर्न पाउनु पर्छ। प्राकृतिले दिएको पहाड, पर्वत, हिमाल हामीले हेर्न पाउनु पर्छ। तर यहाँ सबै थोक छेल्ने गरी गंगनचुम्मी बिल्डिङ्गहरूको निर्माण गर्ने कार्यहरू भइरहेका छन्, जो दार्जीलिङको आम जनताको निम्ति राम्रो होइन।” उनले अघि भने, ”अवैध निर्माणहरूमाथि रोक लगाउनुपर्छ भनेर हामीले भन्दै आइरहेका छौं। तर आज पनि उनीहरूले अवैध निर्माणहरूमाथि रोक नलगाएको खण्डमा हामी जनहित याचिका दर्ता गर्नेछौं।”









