सेरि एः युभेण्टस विरुद्ध लाजिओको रोमाञ्चक जीत

CollageMaker_20234912305772.jpg

९ अप्रेलः इटालियन सेरि ए फूटबलमा शीर्ष स्थानमा रहने नापोलीलाई सामान्य भए पनि चुनौती दिने एकमात्र टीम लाजिओले युभेण्टस विरुद्ध २-१-ले रोमाञ्चक जीत हासिल गऱ्यो। शनिवार राति आफ्नो होम ग्राउण्डमा ५१ प्रतिशत पोजेशनको साथ खेल्ने लाजिओले म्याचको दुवै हाफमा गोल गऱ्यो। सर्गे मिलिनकोविच-साविचले ३८औं र मातिआ जाक्काग्नीले ५३औं मिनटमा गोल गरे। युभेण्टसबाट एकमात्र गोल एड्रिएन राबिओतले ४२औं मिनटमा गरे। यस जीतपछि लाजिओ २९ वटा म्याचमा ५८ पोइण्टको साथ सेरि ए टेबलको दोस्रो स्थानमा कायम रह्यो। सातौं स्थानमा रहने युभेण्टससँग ४४ पोइण्ट रहेको छ। यसरी नै रोमाले तोरिनो विरुद्ध १-०-ले रोमाञ्चक जीत हासिल गऱ्यो। रोमाबाट एकमात्र गोल पाउलो डिबालाले आठौं मिनटमा पेनल्टीबाट छिराए। यस जीतपछि रोमा ५३ पोइण्ट लिएर तेस्रो स्थानमा रहन पुग्यो। यसरी ११औं स्थानमा रहने तोरिनोसँग ३८ पोइण्ट रहेको छ। सेरि ए-का अन्य म्याचहरूमा बोलोग्नाले अटलाण्टालाई २-०-ले अनि भेरोनाले सासुओलोलाई २-१-ले पराजित गऱ्यो।

About Author

Advertisement