गान्तोक: सिक्किम भ्रमणमा आएका आर्कबिशप लियोपोल्डो गिरेली, अपोस्टोलिक नुनसियोले चौथो दिनको भ्रमणमा आज सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसित भेट गरे। मुख्यमन्त्रीको सरकारी आवास मिन्तोकगाङमा भएको उक्त भेटमा धेरैबेरसम्म चर्चा चलेको थियो। उऩले मिशनरीज अफ च्यारिटी कन्भेन्ट, सिचेको भ्रमण पनि गरेको थियो। त्यहाँ बालबालिका र ननहरूसँग अन्तरक्रिया गरे। महामहिमद्वारा ननहरूसँग साझा गरिएको छोटो सन्देशमा उनले ई यो दिनलाई पवित्र शनिबारको रूपमा सम्झन र यीशुको पुनरुत्थानको सम्झना गर्न अनुरोध गरे। उनले ननहरूलाई आग्रह गरे कि यो पवित्र हप्ताको साथमा, हामीले हाम्रो जीवन र नयाँ आध्यात्मिक शक्ति निर्माण गर्न संलग्न मूल्यहरूबारे प्रतिबिम्बित गर्नुपर्छ। त्यसपछि उनले त्यहाँ उपस्थित सबैलाई आशीर्वाद दिए। उऩले त्यसपछि स्थानीय पाँच माइल तादोङमा प्रेस र मिडिया मार्फत इस्टर सन्देश साझा गरे। आफ्नो सन्देशमा महामहिमले मुख्यमन्त्रीलाई आफ्नो सिक्किम भ्रमण सफल बनाउन सहयोगको लागि धन्यवाद दिए। त्यसपछि उनले सिक्किमका मानिसहरूको अवस्था कस्तो छ भनेर जानकारी लिए। अर्काको सम्मानका साथ मिलेर जीवन बिताउने र राज्यको प्राकृतिक सौन्दर्य र शान्त वातावरणको लागि पनि प्रशंसा गरे। आफ्नो समापन मन्तव्यमा उनले ईस्टरको शुभकामना र सबैमा शान्ति र समृद्धिको आशीर्वाद दिए। दार्जिलिङृ-सिक्किमका विशप रेभ. बिशप स्टीफन लेप्चाले प्रेस र मिडियालाई सम्बोधन गर्दै मुख्यमन्त्रीलाई महामहिमको सिक्किम भ्रमणको आयोजना गर्ने प्रयासमा सहयोग र समर्थनको लागि धन्यवाद दिए। यो पहिलो पटक हो राजदूत राज्य भ्रमण गर्न आएका हुन्। उनले महामहिमको भ्रमणलाई सफल बनाउनको लागि आफ्नो समय र प्रयासको लागि क्षेत्र विधायक जीटी ढुङ्गेललाई पनि धन्यवाद दिए। आफ्नो सम्बोधनमा सबैलाई इस्टरको शुभकामना दिए। पछि महामहिम, आर्कबिशप लियोपोल्डो गिरेली, अपोस्टोलिक नुनसियो सेन्ट पल चर्च ६ एचछ माइलको भ्रमण गरेका थिए। जहाँ विधायक ढुङ्गेल, दार्जीलिङ- सिक्किमका विशप रेभ. विशप स्टीफन लेप्चा, र रेभ. फादर स्टीफन फर्नान्डेज पनि थिए।