आईपीएल २०२३: दिल्ली क्यापिटल्स विरुद्ध ५७ रनले विजयी रोयल्स

IMG-20230408-WA0244.jpg

८ अप्रेलः राजस्थान रोयल्सले आईपीएल २०२३-को म्याचमा शनिवार दिल्ली क्यापिटल्सलाई सजिलैसँग ५७ रनले पराजित गऱ्यो। गुवाहटीमा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै राजस्थान रोयल्सले २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनायो। जवाफमा दिल्ली क्यापिटल्सले २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो। रोयल्सको यो तीनवटा म्याचमा दोस्रो जीत हो। यसको विपरीत दिल्ली क्यापिटल्सले चाहिँ हारको ह्याट्रिक पूरा गऱ्यो। पहिला ब्याटिंग गर्दै रोयल्सबाट जोस बटलरले ७९ (५१ बल, ११ वटा चौका र एउटा छक्का) र यशस्वी जयसवालले ६० रन ३१ बल, ११ वटा चौका र एउटा छक्का) बनाए। शिमरन हेटमायरले अन्तिम ओभरहरूमा अविजित ३९ रन (२१ बल, ४ वटा छक्का र एउटा चौका) बटुले। जयसवाल र बटलरले मिलेर पहिलो विकेटको निम्ति ५१ बलमा ९८ रनको पार्टनरशीप गरेर रोयल्सलाई असाधारण शुरुवात दिलाए। दिल्ली क्यापिटल्सका बलरहरूमा मुकेश कुमारले २ विकेट लिए। जवाफमा पृथ्वी साव (इम्प्याक्ट प्लेयर) र मनीष पाण्डेलाई ट्रेण्ट बोल्टको बलिंगमा पहिलो ओभरमै गुमाएपछि क्यापिटल्सको ईनिंग्स फस्टाउन सकेन। पृथ्वी र पाण्डे दुवै शून्य रनमा आउट भए। त्यसपछि कप्तान डेविड वार्नरले ५५ बलमा ६६ रन (७ वटा चौका) बनाएर लड़ाइँ जारी राखे पनि अरू कसैले उल्लेखनीय योगदान दिन सकेनन्। ललित यादवले दोस्रो सर्वाधिक ३८ रन बनाए। रोयल्सका बलरहरूमा ट्रेण्ट बोल्ट र युजवेन्द्र चहलले ३-३ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement