आर्कबिशप लियोपोल्डो गिरेलीसॅंग मुख्यमन्त्रीको भेट

Untitled-1-copy-22

गान्तोकः सिक्किम भ्रमणमा रहेका भारतका लागि भ्याटिकन राजदूत आर्कबिशप लियोपोल्डो गिरेलीले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग भेट गरेका छन्। आर्कबिशप गिरेलीसॅंग आज बिहान मिन्तोकगाङस्थित सरकारी आवासमा भेट भएको मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमा जानकारी गराएका छन्।

उल्लेखनीय छ, भारतका लागि भ्याटिकन राजदूत आर्कबिशप लियोपोल्डो गिरेली पॉंच दिवसीय सिक्किमको भ्रमणमा आएका छन्। उनी गत ५ अप्रेलका दिन सिक्किम आएका हुन्।

About Author

Advertisement