जोइन्ट एक्सन काउन्सिलका सदस्यमाथि सिङतामा हमला, महासचिव केशव सापकोटा गम्भीर घाइते

सिङतामः शनिवार सिङताममा आयोजन गरिएको जोइन्ट एक्सन काउन्सिलको ऱ्याली शुरु हुन अघि नै बिथोलिएको छ। एउटा अज्ञात समूहले ऱ्याली हुन अवागै भेला हुँदै गरेका मानिसहरूमाथि आक्रमण गरेका कारण ऱ्याली बिथोलिएको हो। आज्ञात समूहले जोइन्ट एक्सन काउन्सिल (ज्याक) का महासचिव कोशव सापकोटामाथि धुरिएर आक्रमण गरेपछि सापकोटा गम्भीर घाइते बनेका छन्। उनलाई सिङ्ताम जिल्ला अस्पतालमा प्राथमिक उपचार गरेपछि सेन्ट्रल रेफल अस्पताल रेफर गरिएको छ। ज्याकका सदस्यहरू ऱ्यालीको तयारीका लागि आदार्श गाउँतर्फ जाने पुलको अघि भेला हुँदै गर्दा सिङताम तर्फबाट आएका मानिसहरूको एउटा समूहले ज्याकका सदस्यलाई सिङताममा ऱ्याली नगर्न चेताउनी दिएको थियो। यसै क्रममा साधारण विवाद चलिरहेकै समय भीडमा जम्मा भएका मानिसहरूले केशव सापकोटामाथि आक्रमण गरेका थिए।

घटना स्थलमा तैनात केही पुलिस कर्मीले सापकोटालाई जोगाउने प्रयास गरेर पुलको मध्यभाग तर्फ लादै गर्दा एउटा समूह नै धुरिएर उनीमाथि आक्रमण गऱ्यो जसबाट गम्भीर घाइते बनेका केशव सापकोटालाई सिङ्ताम जिल्ला अस्पतालमा प्राथमिक उपाचार गरेपछि सेन्ट्रल रेफरल अस्पतालमा थप उपचारका लागि रेफर गरिएको छ। अर्कोतर्फ ज्याकले ऱ्यालीको लागि तयारी गर्दै गरेको समयमा आक्रमण भएपछि आज आयोजन गर्ने भनिएको ऱ्याली बिथोलिएको हो। स्थिति तनाउपूर्ण बनेपछि गान्तोक जिल्ला प्रशासनले सिङ्ताम बजारमा १४४ धारा लागू गऱ्यो जसपछि घटना स्थलमा रहेका मानिसहरू पनि त्यहाँबाट फर्किएका छन्।

About Author

Advertisement