भाजपाद्वारा सिङताम घटनाको निन्दा गर्दै भाइचुङ धरनामा

Untitled-1-copy-21

सिङतामः जोइण्ट एक्सन काउन्सिलद्वारा शनिवार सिङताममा डाकिएको शान्ति ऱ्याली अवधि काउन्सिलका महासचिव अनि सहयोगीहरूमाथि भएको प्राणघातक हमलाको भारतीय जनता पार्टी, सिक्किमले कड़ा शब्दमा निन्दा गरेको छ। पार्टीले एउटा प्रेस विज्ञप्ति जारी गरेर प्रजातन्त्रमा आफ्नो हक अधिकारको निम्ति आवाज उठाउने सबैलाई संवैधानिक अधिकार छ भन्दै एउटा शान्ति ऱ्यालीको क्रममा मध्ये दिउँसो आयोजकहरूमाथि प्राणघातक हमला हुनु शान्त राज्य भनेर चिनिने सिक्किमको निम्ति दुर्भाग्यपूर्ण विषय रहेको ठहर गरेको छ।

यसरी नै हाम्रो सिक्किम पार्टीले पनि सिङिताममा जोइन्ट एक्सन काउन्सिलका सदस्यहरूमाथि भएको हमलाको निन्दा गरेको छ। घटनाको प्राथमिकी दर्ता गराउन सिङ्ताम पुलिस स्टेशन पुगेका हाम्रो सिक्किम पार्टीका आध्यक्ष भाइचुङ भोटिया र उनका समर्थहरू घटनामा संलग्न दोषीलाई चाँडै पक्राउ गर्नुपर्ने माग गर्दै सिङिताम पुलिस स्टेशन अघि धर्नामा बसेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement