एसकेएम सरकार गठन भएपछि ६८ पल्ट आक्रमण भइसकेको छः चामलिङ

Untitled-1-copy-18

गान्तोकः पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङले आज राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग राजभवनमा भेट गरेर राज्यमा बढ्दो कथित राजनीतिक हिंसाका घटना र कानून एवं व्यवस्थाको विफलताको बारेमा जानकारी गराए। एसडीएफ अध्यक्ष चामलिङले राज्यमा एसकेएम सरकार गठन भएदेखि आफुमाथि ६८ पल्ट आक्रमण गरिएको बताए। यसैगरी, उनको पार्टीका कार्यकर्ताहरूमाथि पनि लगातार आक्रमण भइरहेको छ भने एफआईआर पनि स्वीकार गरिॅंदैन भनी बताए। उनले मुख्यमन्त्री पीएस तामाङको आदेशमा यस्तो भइरहेको आरोप लगाए।

उनले सिङताममा आज जेएसीका सदस्यहरूमाथि आक्रमण गरिएको र पुलिस केवल मूक दर्शक बनेको पनि आरोप लगाए। उनले सिक्किम अहिले सत्ताधारी पार्टीको भयले ग्रसित रहेको छ भनी बताए। उनले मानिसहरू आतङ्कित छन् भने सुरक्षा र व्यक्तिगत स्वतन्त्रताको भावना गुमाइसकेको बताए। यस अतिरिक्त पनि उनले विभिन्न मुद्दाहरूतिर राज्यपालको ध्यान आकर्षित गराएको जानकारी प्रेस विज्ञपितमा दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement