दार्जिलिङ: सुखिया मानेभञ्ज्याङ समष्टि अन्तर्गत ७ गाउँमा ७९.३३ करोडको पिउने पानी योजनाको शिलान्यास गरिएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले आज एक कार्यक्रम माझ ७९.३३ करोडको हर घर जल योजनाको शिलान्यास गरेका छन्।शिलान्यास समय अनित थापाले भने, “86 देखि यता हामीले गुमाएका मात्र छौं। सरकारले दिएकोमाथि पनि विरोध नै गरिरह्यौं भने पहाडमा केही पनि हुनेछैन्।”
उनले थप भने, ” पहाडलाई भत्काउने जुन राजनीति छ त्यसलाई जराबाट नै निकालेर फ्याँक्नुपर्छ।”
योजना अन्तर्गत पुलुङदुङ खासमलमा १६.३० करोड, पुलुङदुङ चियाबगान मा २.९० करोड, पुबुङमा १२.६२ करोड, पुसुमबुङ चियाबगान मा १६.५१ करोड, मजुवामा २.५२ करोड, भिर गाउँ अनि सिमबुङ डाँडा मा १.५२ करोड र अचालल हट्टा २६.९६ करोडको लागतमा पिउने पानीको कार्य हुनेछ।