गान्तोक। सिङतामस्थित हाउजिङ कम्पलेक्समा शिक्षा विभागको कार्यालयको मुख्यमन्त्रीका सल्लाहकार रोहितराज महाराजले गरे। कार्यक्रममा मुख्य अतिथिकोरूपमा मुख्यमन्त्रीका सल्लाहकार रोहितराज महाराज रहेका थिए भने विशिष्ट अतिथिहरूमा ग्रामीण प्रबन्धन विकासकी अध्यक्ष सुनिता गौतम, महकुमा अधिकारी मिलन राई लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि महाराजले शिक्षा विभागले सिङताममा नयाँ कार्यालय प्राप्त गरेकोमा खुशी प्रकट गर्दै यस कार्यालयबाट सिङताम र खाम्दोङका जनताले लाभ उठाउन सक्ने बताए। वर्तमान सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रलाई प्राथमिकता दिँदै काम गरिरहेको उनले जानकारी गराए। यसरी जनताको आधारभुत सुविधालाई ध्यानमा राख्दै शिक्षा विभागको निम्ति उपकार्यालय सिङताम बजारमा स्थापना गरेकोमा उनले मुख्यमन्त्री तामाङ प्रति आभार प्रकट गरेका छन्।