फाँसीदेवा: फाँसीदेवा पुलिसले एक नावालिकको अपहरणको आरोपमा तीनजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक महिला पनि सामेल छन्। अभियुक्तहरूको नाम मोहम्मद आलम ,मोहम्मद रासिद र सबिना खातून हो। जानकारी अनुसार,फाँसीदेवाको चटहाट मिलनगड़ निवासी १६ वर्षीय नाबालिक गत मङ्गलवारदेखि बेपता थिए। घटनाबारे जानकारी दिँदै परिवारजनले थानामा एक लिखित उजुरी दर्ता गराएका थिए। घटनाको छानबीन गरेपछि पुलिसले इस्लामपुरबाट नाबालिकलाई उद्धार गरेको छ। तीनैजना अभियुक्तलाई सिललढी अदालतमा पेश गरिएको छ। पुलिसले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।