अवैध निर्माणको विरोधमा हाम्रो पार्टीद्वारा दार्जिलिङमा प्रदर्शन

IMG-20230408-WA0228.jpg

निर्माण कार्य बन्द नगरे हामी जनयाचिका दर्ता गर्नेछौं: अजय एडवर्ड

दार्जीलिङ: अवैध निर्माणको विरोध जनाउँदै हाम्रो पार्टीले दार्जिलिङमा धरना प्रदर्शन गरेको छ। शहरको नेरू रोडस्थित अवैध निर्माण अघि हाम्रो पार्टीले आज विरोध प्रदर्शन गरेको छ।यस अवधि पार्टी अध्यक्ष अजय एडवाडर्स उपस्थित रहेका थिए।भू -वैज्ञानिकहरूले दार्जीलिङलाई ४ जोनमा राखेका छन्। त्यसकारण कुनै पनि समय दार्जीलिङमा भूँइचालो जानु सक्छ भन्ने भू वैज्ञानिकहरूको भनाई छ भन्दै हाम्रो पार्टीलो विरोध प्रदर्शन गरेका छन्। गत दार्जीलिङ नगरपालिकाको चुनावमा हाम्रो पार्टीले यी विषयहरूलाई ध्यानमा राख्दै आफुहरूको बोर्ड भएको खण्डमा अवैध निर्माणहरू विरूद्व कदम उठाउने घोषणा गरेको थियो। हाम्रो पार्टीको सोच र भिजनलाई नगरवासीहरूले मन पराउँदै दानपाको चुनावमा हाम्रो पार्टीलाई पूर्ण बहुमतमा बोर्ड गठन गर्ने जनादेश दिएका थिए भन्दै हाम्रो पार्टीको बोर्डले अवैध निर्माणहरू विरूद्व कार्वाही समेत शुरू गरेको थियो तर रूपियाँ पैसाको चाल खेलमा हाम्रो पार्टी तोड्ने कार्य गरियो अनि अहिले भागोप्रमो र तृणमूल काग्रेसको गठबन्धन बोर्ड रहेको छ भनी बताएका छन्। गत केही महिना अघिदेखि दार्जीलिङ नगरपालिका क्षेत्रहरूमा अवैध निर्माणहरू तीव्र गतिमा चलिरहेको छ भनी हाम्रो पार्टीले जनाएको छ। यी विषयहरूलाई ध्यानमा राख्दै आज हाम्रो पार्टीले शहरको नेरू रोडस्थित अट्टालिका विल्डिङ अघि विरोध प्रदर्शन गरेको छ। यस अवधि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स स्वयं उपस्थित रहेका थिए भने उनीसंग पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटिया, हाम्रो पार्टीको नगरपार्षदहरू साथै समर्थकहरूका उपस्थिति रहेको थियो। हाम्रो पार्टीको समर्थकहरूले आ आफ्नो हातमा प्लेकार्ड लिएर अवैध निर्माणहरूको विरूद्वमा नाराहरू लगाए।

यसै सन्दर्भमा हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले दार्जीलिङमा रूपियाँ पैसा लिएर अवैध निर्माणहरू भईरहेको बताएका छन्। उनले भने, ‘जमीन उनीहरूको हो हामी मान्छौं तर हामीले खुल्ला आकाश हेर्नु पाउनु पर्छ। प्राकृतिले दिएको पहाड,पर्वत,हिमाल हामीले हेर्न पाउनु पर्छ तर यहाँ सबै थोक छेल्ने गरी गंगनचुम्मी बिल्डिङ्गहरूको निर्माण गर्ने कार्यहरू भईरहेको छ जो दार्जीलिङको आम जनताको निम्ति राम्रो होइन।’
उनले अघि भने, ‘अवैध निर्माणहरूमाथि रोक लगाउनुपर्छ भनेर हामीले भन्दै आई चरहेका छौं। तर आज पनि उनीहरूले अवैध निर्माणहरूमाथि रोक नलगाएको खण्डमा हामी जन याचिका दर्ता गर्नेछौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement