गान्तोक। सिक्किम राज्यलाई ड्रग्समुक्त बनाउने उद्देश्यले सिक्किम पुलिसले एक अभियान नै शुरू गरेको छ। हाल राज्यको विभिन्न स्थानबाट पुलिसले नशालु पदार्थ बिक्रेताहरूमाथि सिकञ्ज कस्ने पहल शुरू गरेको छ। यसै क्रममा आज नाम्ची पुलिसले नशालु पदार्थ सहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी निम दोर्जी तामाङकोरूपमा पुलिसले चिन्हित गरेको छ। आरोपीलाई मल्ली चेक पोस्टमा पक्राउ गरिएको हो। उनीबाट पुलिसले ५४८ वटा स्पास्मो प्रोक्सिवन क्याप्सुल र ३४ वटा एनटेन ट्याबलेट फेला पारेको छ। पुलिसले आरोपीविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।










