सिलगढी: क्यारम खेलप्रति आकर्षण बढाउन तथा यसको प्रोत्साहन र प्रवर्द्धन गर्ने उदेश्यले जातीय तरुण संघमा दुई दिने जिल्ला क्यारम प्रतियोगिताको आयोजना गरिएको छ । सिलगढी जिल्ला क्यारम (२९ इन्च) संघले जातीय तरुण संघको सहयोगमा आजदेखि जातीय तरुण संघ क्लब परिसरमा दुइदिने क्यारम प्रतियोगिताको शुरुवात गरेको छ। जम्मा २२ खेलाडीको सहभागितामा आजबाट सुरु भएको प्रतियोगितामा ५ जना महिला खेलाडी रहेका छन् । क्लबका सचिव सुब्रत साहले रिबन काटेर साथै क्यारम खेलेर खेलको औपचारिक सुरुवात गरेका छन्। कुल ४ बोर्डमा यो प्रतियोगिता सम्पन्न गर्नुका साथै फाइनल खेल आइतबार हुने आयोजकले जनाएको छ। उद्घाटन समारोहमा क्लबका अध्यक्ष माणिक सरकार, बबला साह लगायतको उपस्थिति रहेको थियो । खेलको आयोजनामा सञ्जीव घोष र दुर्योय घोषको महत्वपूर्ण भूमिका रहेको भनिएको छ।