भाजपा मुद्दा बोकेको राजनैतिक दल भएकोले मैले समर्थन जनाएको हुँ: लतिका जोशी

IMG-20230408-WA0225.jpg

सिलगढी: आज एक विशेष कार्यक्रमको अवसर पारेर सिलगढीको कृष्णमाया उच्चतर माध्यमिक विद्यालयका भूतपूर्व वरिष्ठ शिक्षिका, भारतीय गोर्खा परिसंघ नारी प्रकोष्ठका वरिष्ठ पूर्वनेत्री साथै नेपाली साहित्यका नारी हस्ताक्षर तथा सर्जक सिलगढी निवासी लतिका जोशी अडोरा भारतीय जनता पार्टीमा सामेल भइन्। उनलाई भाजपा दार्जिलिङ जिल्ला समितिका उपाध्यक्ष एलएम लामा अनि महासचिव सुजेन्द्र राईले दलको झण्डा अनि खदा लगाएर भाजपा परिवारमा सामेल गराएका छन्।
यस अवसरमा बोल्दै लतिका जोशीले भनिन्- ‘मेरो पिताजी स्व० लक्ष्मीकान्त जोशी अस्सीको दशकमा पहाडको एक वरिष्ठ नेता हुनुहुन्थ्यो। दार्जीलिङ जिल्ला परिषदको एक सदस्य पनि हुनुहुन्थ्यो। उनी सामाजसेवी साथै साहित्यिक पनि हुनुहुन्थ्यो। उनको प्रभाव मलाई पर्नु स्वाभाविक हो। मैले पाएको ज्ञान र चेतना जनहितमा लगाउने उद्देश्य अघि राखेर म राजनीतिमा पसेको हुँ। सानोतिनो समस्याभन्दा हाम्रो जातिलाई राजनैतिक समस्याले वर्षौंदेखि पिरोलेको छ। यसको निधान हुनुपर्ने आवश्यकता छ। यो समस्याको समाधान कोलकाताबाट होइन तर दिल्लीबाट हुने संविधानमा उल्लेख भएको हुँदा आजको मूल दल भाजपामा स्वेच्छाले सामेल भएको हुँ।’
यस अवसरमा उनलाई उपाध्यक्ष लामा अनि महासचिव राईले स्वागत जनाउँदै शुभेच्छा जनाएका छन्। निकट भविष्यमा नै जिल्ला समिति सभा बसेर उनलाई विशेष दायित्व तथा पद दिने जानकारी पनि उपाध्यक्ष लामाले दिएका छन् भनी भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला महासचिव सुजेन्द्र राईले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement