खरसाङ: तीनधारेको राजबारी युउथको आयोजनामा यहाँको मिठाईडाँड़ास्थित खेल मैदानमा फुटबल टुर्नामेन्ट शुरु भएको छ। शनिबारदेखि शुरु भएको उक्त फुटबल टुर्नामेन्टको पहिलो खेलमा हिरो बजार तीनधारे बिजय भएर अघिल्लो चरणमा प्रवेस गरेको छ। शनिवार भएको उदघाटन खेल हिरो बजार तीनधारे र गैरी गाउँ गोदावारी संघमाझ सम्पन्न भएको छ। उक्त खेलको अन्त्यसम्म दुवै टिमको ३-३ गोलमा खेल समाप्त भएपछि पेनल्टी शुट आउटमा परिणाम प्राप्त भएको थियो। पेनल्टीमा हिरो बजार तीनधारेले गैरी गाउँको गोदावारी संघलाई ४-३ को अन्तरले पराजित गरी अघिल्लो चरणमा प्रवेस गरेको छ। शनिवार भएको खेलमा अतिथिको रुपमा साजन दर्जी, रोहित दर्जी, सचिन प्रधान, सुशान थापा, रोशन तामाङ, उपस्थित थिए। यस खेलको निर्णायकमा मेसाङ तामाङ, प्रचन प्रधान, सुप्रित रहेका थिए भनी आयोजक समितिको पक्षबाट भुवन प्रधानले जानकारी गराएका छन्। उनले बताए अनुसार तीनधारेको राजबारी युउथको आयोजनामा यहाँको मिठाईडाँड़ास्थित खेल मैदानमा भईरहेको फुटबल टुर्नामेन्टमा तीनधारे महानदी समष्टिको जम्मा १२ वटा टिमहरूले भाग लिईरहेका छन् जसको फाइनल खेल आगामी ३० अप्रेलको दिन हुनेछ। अब दोस्रो दिन आईतबार हुने खेल अन्तर्गत पहिलो खेल नयाँ कमान अनि मिठाईडाँड़ा प्रगति संघमाझ हुनेछ भने दोस्रो खेल दुई नम्बर बस्ती र चुनभट्टीमाझ हुने भएको छ।