घैयाबारीमा संसारी पूजा सम्पन्न

IMG-20230408-WA0219.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारीमा संसारी पूजा सम्पन्न भएको छ। घैयाबारीको अप्पर गैरी गाउँस्थित संसारी डाँड़ामा उक्त संसारी पूजा आयोजित गरिएको छ। घैयाबारी क्षेत्रको जनसाधारणको आयोजनामा सम्पन्न उक्त संसारी पूजामा झ्याँक्री गोपाल छेत्री र पुजारीद्वारा पूजा अर्चना गरिएको छ। उक्त संसारी पूजा आयोजना गरिएको मुख्य उद्देश्य गाउँको रोग बिमारहरू हटेर जायोस्, कुनै हेैजाहरू नआयोस् साथै सबै गाउँको उन्नति होस्, भलो होस् भनेर यो संसारी पूजा आयोजना गरिएको जानकारी घैयाबारीबाट संसारी पूजा आयोजक समितिको सचिव महेश छेत्रीले जानकारी गराएका छन्। उनले हाम्रो संस्कार संस्कृति र परम्परालाई बचाई राख्नलाई यो संसारी पूजा आयोजना गरिएको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement