खरसाङमा हुने तीन दिवसीय नेपाली नयाँ वर्ष समारोह विषयमा खरसाङमा सभा सम्पन्न

IMG-20230408-WA0215.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समिति र गोर्खा सांस्कृतिक संस्थान खरसाङको संयुक्त तत्त्वावधानमा खरसाङमा आयोजना भईरहेको तीन दिवसीय नेपाली नयाँ वर्ष पालन विषयमा एक सभा सम्पन्न भएको छ। उक्त सभा भागोप्रमो खरसाङ महकुमा समितिको पार्टी कार्यालयमा नयाँ वर्ष पालन समारोह समितिको अध्यक्ष पेमेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा वक्ताहरूले खरसाङमा आगामी १४, १५ र १६ अप्रेलको दिन खरसाङमा तीन दिनव्यापी नेपाली नयाँ वर्ष समारोह विषयमा विभिन्न सुझावहरू राखेका थिए भने नयाँ वर्ष पालन विषयमा चर्चा परिचर्चा गरिएको छ। सभामा भागोप्रमो केन्द्रीय सदस्य समीरदीप ब्लोन, महकुमा सचिव एंव सभासद प्रणाम रसाइली, गोर्खा सांस्कृतिक संस्थान खरसाङको अध्यक्षा आशा मुखिया लामा, नारी शक्ति केन्द्रीय अध्यक्षा अनु प्रधान, केन्द्रीय सदस्या जैतुन निशा खातुन, महकुमा सचिव मैया ठकुरी, भागोप्रमोको खरसाङ महकुमा समितिको सांगठनिक सचिव राजीव थापा, सह सचिवद्वय विशाल शर्मा र एमबी घले, कोषाध्यक्ष सञ्जय प्रधान, प्रचार प्रसार सचिव दिपेन सेवा लगायत अन्यहरू उपस्थित रहेका थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको सचिव एंव सभासद प्रणाम रसाइलीले आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समिति र गोर्खा सांस्कृतिक संस्थान खरसाङको संयुक्त तत्त्वावधानमा एक सभा गरेर आगामी दिनमा नेपाली नयाँ वर्ष समारोहक विषयमा चर्चा परिचर्चा गरिएको बताएका छन्। उनले पहिलो वैशाख कार्यक्रम तीन दिवसीय रूपमा मनाइने विषयमा चर्चा परिचर्चा गरिएको जानकारी गराउँदै खरसाङमा आयोजना भईरहेको तीन दिवसीय नेपाली नयाँ वर्ष समारोह विषयमा चर्चा परिचर्चा गर्नलाई आगामी ११ अप्रेलको दिन खरसाङ महकुमाभित्र पर्ने १३ वटा समष्टिका सभासदहरू र पार्टी कार्यकर्ताहरु, नारी शक्ति, युवा शक्ति, ट्रेड युनियन एंव अन्य भातृ संगठनहरूका प्रतनिधिहरूलाई लिएर सभाको आयोजना गरिने जानकारी गराएका छन्। त्यसरी नै गोर्खा सांस्कृतिक संस्थान खरसाङको अध्यक्षा आशा मुखिया लामाले आगामी १४, १५ र १६ अप्रेलको दिन खरसाङको मन्टिभियट खेल मैदानमा तीन दिनव्यापी नेपाली नयाँ वर्ष समारोह सम्पन्न हुने भएको र यसमा विभिन्न सांगीतिक, सांस्कृतिक, साहित्यिक कार्यक्रमहरू आयोजना गरिने बताइन्। उनले पहिलो दिन सांस्कृतिक शोभा यात्रा निकालिने जसमा लाँखे नृत्य, खैजरी, प्याप्जुङ, नौमती बाजाहरू रहने जनाउँदै संस्कृति विषयमा बहुभाषिक कवि गोष्ठी आयोजना गरिने तथा गोर्खा सुन्दरी र गोर्खा सुन्दर प्रतियोगिता, विभिन्न कलाकारहरूलाई लिएर सांगीतिक कार्यक्रम आयोजना गरिने, पञ्चायतीराज व्यवस्था विषयमा हाजिरी जवाब प्रतियोगिता र निबन्ध प्रतियोगिता पनि आयोजना गरिने भएको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement