मालदा: राज्य एसटीएफ टोलीले ५३४ ग्राम ब्राउन सुगरसहित तीन अन्तरराज्यीय तस्करलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिहार पटनाका ५४ वर्षीय सञ्जय कश्यप, त्रिपुराका २४ वर्षीय विप्लप सिंह र माल्दा कालियाचोकका मारुफ शेख (३०) रहेका छन् । शुक्रबार दिउँसो एसटीएफको सिलगढी र मालदाको टोलीले संयुक्त अपरेशन चलाएर अंग्रेजीबजार थानाको बडापुकुरबाट उनीहरूलाई पक्राउ गरेको हो। तीनैजना मोटरसाइकलमा राष्ट्रिय राजमार्ग नं ३४ बाट रथबारीतर्फ जाँदै थिए । त्यसैसमय सूचनाको आधारमा मोटरसाइकल रोकेर खोजी-तलासी गरिएको थियो। जसमा मोटरसाइकलबाट ५३४ ग्राम ब्राउन सुगर, करिब ५० हजार नगद र कैयौ थान मोबाइल फोन बरामद भएको छ।
एसटीएफ टोलीले बरामद ब्राउन सुगरको मूल्य करिब १० लाख रुपियाँ रहेको अनुमान गरेको छ। एसटीएफले यस गिरोहमा अरु पनि कोही छन् वा छैनन् भन्नेबारे अनुसन्धान सुरु गरेको छ ।