ब्याटिंगमा सुधार गर्ने आग्रह गरे प्रशिक्षक ब्रायन लाराले

IMG-20230408-WA0192.jpg

८ अप्रेलः सनराइजर्स हैदराबादका मुख्य प्रशिक्षक ब्रायन लाराले इण्डियन प्रीमियर लीग (आईपीएल) मा लगातार दोस्रो हारपछि टीमसँग ब्याटिंगमा सुधार गर्ने आग्रह गरेका छन्। सनराइजर्सले शुक्रवार राति लखनऊ सुपर जाइण्ट्स विरुद्ध नियमित कप्तान एडेन मार्करमको आगमनपछि पनि २० ओभरमा ८ विकेट गुमाएर केवल १२१ रन बनायो। जवाफमा लखनऊको टीमले १६औं ओभरमै लक्ष्यलाई हासिल गर्दा सनराइजर्स ५ विकेटले पराजित भयो। सनराइजर्स हैदराबादको अघिल्लो म्याच ९ अप्रेलमा पञ्जाब किंग्स विरुद्ध रहेको छ। लाराको भनाइअनुसार, सनराइजर्सले समूहमा विकेट गुमाइरहेको छ अनि अत्याधिक ढिलो हुन अघि नै यसमा सुधार गर्नु जरूरी छ। लाराले म्याचपछि भने, मेरो विचारमा हामीले (लखनऊ विरुद्ध) त्यस पीचमा खेलेनौं, जुन स्ट्रोक खेल्ने अनुकूल थियो। यसलाई बहानाको रूपमा प्रयोग गरेको चाहिँ होइन तर हामीले आफ्नो ब्याटिंगमा निश्चित रूपले सुधार गर्नु पर्नेछ।
लाराले भने, हामीले एक-एकपल्टमा धेरै विकेट गुमाइरहेका छौं। पहिलो म्याचमा हामीले पहिलो ओभरमै २ विकेट गुमायौं। यसपाली पनि हामीले सात बलमा तीन विकेट गुमायौं, जसले खेलको रंग बद्लियो। हामीले निश्चित रूपमा कमजोरीहरूमाथि काम गरेर असल ब्याटिंग गर्नु पर्नेछ। यसरी अनमोलप्रीत, कप्तान एडेन मार्करम र ह्यारी ब्रूकलाई एकसाथ गुमाएर म्याच बचाउन सकिँदैन। म्याचमा पहिला ब्याटिंग गर्ने सनराइजर्सको फसेलाबारे लाराले भने, टीमले पीचको असल तरिकाले प्रयोग गर्न सक्थ्यो। हामीले बोर्डमा कम्तीमा १५०-१६० रन लगाउनु पर्ने थियो। पीच स्पष्ट रूपले अधिक टर्न लिने थियो। यसैकारण पहिला ब्याटिंग गर्नु नै हामीलाई उचित लाग्यो। मेरो विचारमा १५०-१६०-को स्कोर भएको भए कहानी अलग हुने थियो तर सात बलमा तीन विकेटको पतनले हाम्रो गतिमा ब्रेक लगायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement