सेरि एः जीतको लयमा फर्कियो नापोली, दुवै मिलानको निराशाजनक ड्र

IMG-20230408-WA0187.jpg

८ अप्रेलः इटालियन सेरि ए फूटबलमा गत केही म्याचमा निरन्तरको कमीसँग जुझ्ने नापोलीले भाग्यको साथ पाएर जीतको लय हासिल गऱ्यो। यसबीच इण्टर र एसी मिलान चाहिँ निराशाजनक ड्र मा रोकियो। शुक्रवार राति खेलिएको म्याचमा नापोलीले लीसलाई २-१-ले पराजित गऱ्यो। म्याचमा ६९ प्रतिशत पोजेशनको साथ खेल्ने नापोलीलाई जियोभान्नी डी लोरेञ्जोले १८औं मिनटमा बढ़त दिलाए। त्यसपछि फेडेरिको डी फ्रान्सेस्कोले ५२औं मिनटमा लीसलाई १-१-को बराबरीमा पुऱ्याए। अन्तमा लीसका डिफेण्डर एण्टोनिओ गाल्लोले ६४औं मिनटमा आत्मघाती गोल गर्दा नापोलीले म्याच जित्यो। यस जीतपछि नापोली २९ वटा म्याचमा ७४ पोइण्टको साथ शीर्ष स्थानमा कायम रह्यो। यसरी नै १६औं स्थानमा रहने लीससँग २७ पोइण्ट रहेको छ। यसबीच गत सीजनको च्याम्पियन एसी मिलान र एम्पोलीबीच खेलिएको म्याच गोलरहित ड्र (०-०) मा समाप्त भयो। आफ्नो होम ग्राउण्ड सान सिरोमा ७१ प्रतिशत पोजेशनको साथ खेल्दै एसी मिलानले पूरा म्याचमा एम्पोलीलाई दबाउमा राखे पनि गोल गर्न सकेन। यस ड्र पछि एसी मिलान २९ वटा म्याचमा ५२ पोइण्टको साथ तेस्रो स्थानमा रहन पुग्यो।

यसरी नै एम्पोली ३२ पोइण्टको साथ १४औं स्थानमा रहेको छ। यसरी लगातार तीनवटा म्याचमा हारको सम्मुखीन हुने इण्टर मिलानले पनि सालेरनिटाना विरुद्ध १-१-को ड्र मा सन्तोष मान्नु पऱ्यो। म्याचमा रोबिन गोसेन्सले छैटौं मिनटमा बढ़त दिलाएपछि इण्टर मिलान लगभग अन्तसम्म पनि १-०-ले अघि रहेको थियो। अन्तमा एण्टोनिओ केण्टरेभाले ९०औं मिनटमा गोल गरी सालेरनिटानालाई १-१-को बराबरीमा पुऱ्याए। यस हारपछि इण्टर ५१ पोइण्ट लिएर चौथो स्थानमा रह्यो। सालेरनिटाना २९ पोइण्टको साथ १५औं स्थानमा रहेको छ।

About Author

Advertisement