तेस्रो टी२० म्याचसहित सीरीज पनि जित्यो न्यूजील्याण्डले

IMG-20230408-WA0182.jpg

८ अप्रेलः अन्तिम ओभरको रोमाञ्चपछि न्यूजील्याण्डले तेस्रो टी२० क्रिकेट म्याचमा न्यूजील्याण्डले श्रीलंकालाई ४ विकेटले पराजित गरी तीनवटा म्याचको सीरीज २-१-ले जित्यो। म्याचको अन्तिम ओभरमा न्यूजील्याण्डलाई १० रनको आवश्यकता थियो अनि हातमा ७ विकेट रहेको थियो। पहिलो बलमा छक्का लागे पनि न्यूजील्याण्डले अघिल्लो ३ बलमा एउटा रनआउट सहित लगातार ३ विकेट गुमाउँदा म्याच रोमाञ्चक बन्यो तर अन्तमा न्यूजील्याण्डले १ बल बाँकी रहँदै ६ विकेट गुमाएर १८३ रनको लक्ष्यलाई हासिल गरी रोमाञ्चक जीत हासिल गऱ्यो। क्वीन्सल्याण्डमा खेलिएको म्याचमा लक्ष्यलाई खेदो गर्दै न्यूजील्याण्डबाट ओपनर टिम सीफर्टले 48 बलमा सर्वाधिक ८८ रन (१० वटा चौका र ३ वटा छक्का) बनाए। यसबाहेक कप्तान टम लाथमले २३ रन बनाए। श्रीलंकाई बलरहरूमा लाहिरु कुमाराले ३ विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनायो। ओपनर कुसाल मेण्डिसले ४८ बलमा सर्वाधिक ७३ रन (५ वटा छक्का र ६ वटा चौका) बनाए। यसबाहेक कुसाल परेराले ३३, पाथुम निस्सांकाले २५ र धनञ्जय डीसिल्वाले २० रनको योगदान दिए। न्यूजील्याण्डका बलरहरूमा बेन लिस्टरले २ विकेट लिए। सीफर्टलाई प्लेयर अव् द म्याच अनि प्लेयर अव् द सीरिज चयन गरियो। सीफर्टले तीनवटा म्याचमा १६७ रन बनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement