गोर्खा जनपुस्ताकालय खरसाङको मूल सचिव एंव कवि विनोद रसाइली पितृ शोकमा

IMG-20230408-WA0121.jpg

खरसाङ: भारतीय नेपाली गोर्खाहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्ताकालय खरसाङको मूल सचिव एंव कवि विनोद रसाइली पितृ शोकमा परेका छन्। उनको पिता हर्कबहादुर रसाईलीको आज बिहान १० बजेतिर खरसाङको डाउहिलस्थित निजी वासस्थानमा अचानक निधन भएको छ। उनी ८३ वर्षको थिए। हर्कबहादुर रसाईली मुटु सम्बन्धि रोगले पीढीत थिए। तर आज बिहान राम्रै अवस्थामा रहेको र खाजा खाएर बाहिर बसिरहेको समय हार्ट एटेक भएको कारणले उनको अचानक निधन भएको जानकारी प्राप्त भएको छ। उनले आफुपछि पत्नी, छोरा विनोद रसाइली, बुहारी, नातिनीहरू छोड़ी गएका छन्। विनोद रसाइलीको पिता हर्कबहादुर रसाईलीको अन्तिम संस्कार भोलि दिउँसो १ बजेतिर खरसाङको डाउहिलस्थित निजी वासस्थानबाट गरिने जानकारी गोर्खा जनपुस्ताकालय खरसाङको उपाध्यक्ष प्रकाश प्रधानले जानकारी गराएका छन्। उनले गोर्खा जनपुस्ताकालय खरसाङको मूल सचिव विनोद रसाइलीको पिता हर्कबहादुर रसाईलीको निधनमा गोर्खा जनपुस्ताकालय परिवार शोकित बनेको र गोर्खा जनपुस्ताकालय खरसाङको तर्फबाट श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement