भारतीय नेपालीहरुको जेठो संस्था गोर्खा जन पुस्तकालयको ११०औं स्थापना दिवस पालन

GPL


खरसाङ:
भारतीय नेपालीहरुको सबैभनदा जेठो संस्था गोर्खा जन पुस्तकालय खरसाङको ११०औं स्थापना दिवस पुस्ताकालय भवनको पारसमणि प्रेक्षागृहमा पुस्तकालयका वर्तमान अध्यक्ष पूर्ण गुरुङ ‘निरुपण’को अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुस्तकालयका पूर्व सभापति एंव सचिव तिलक शर्मा थिएl विशिष्ट अतिथिको रुपमा पुस्तकालयका पूर्व अध्यक्ष रबीन कुमार प्रधान र पुस्तकालयका आजीवन सदस्य डा. नगेन्द्र प्रधान थिए। कार्यक्रमको आरम्भमा पुस्तकालयका दिंवगत संस्थापक सदस्यहरु लगायत अन्यहरू बितेर गएका सदस्यहरुको स्मरणमा एक मिनटको मौन प्रार्थनासँगै १०८ वटा बत्तीहरू बालेर श्रद्धाज्जली अर्पण गरियो। यस अवसरमा पुस्तकालयका आजीवन सदस्य एवं पूर्व सचिव पण्डित पुरुषोत्तम अधिकारीको वेद मन्त्र उच्चारणसितै कार्यक्रम आरम्भ भएको थियो।

सचिव विनोद रसाइलीले स्वागत मन्तव्य राख्दै ११०औँ स्थापना दिवसको औचित्यमाथि प्रकाश पार्दै भने, ‘आजका हाम्रा शिक्षित जनभन्दा ती अग्रज पूर्वजहरु  दूरदर्शी र जाति सचेतक थिए। उनीहरुकै दूरदर्शीता र परिकल्पना स्वरुप यो पुस्तकालय निर्माण हुन सकेको होl’ पुस्तकालयको घडेरी बसाल्ने उनै सचेत पूर्वजहरुप्रति आभार प्रकट गर्दै उपस्थित सदस्यगणलाई धन्यवाद टक्राए। आरम्भमा पुस्तकालय स्थापना गर्ने अग्रज व्यक्तिहरु जोम्बे पावलको सोचलाई साकार पार्ने बाबु धननारायण प्रधान, पूर्ण नारायण प्रधान, हाङजित देवान राई, कृतिमान प्रधान, एल. डी. लामा, प्रतिमानसिँह लामा, कपुरिराम र जयनारायण प्रधानहरुका यो गदानमाथि ऐतिहासिक पक्ष प्रस्तुत गर्दै पुस्तकालय स्थापनाकालको इतिहास उतिकै रोचक छ भनी आफ्नो मन्तव्य व्यक्त गरे। भूतपूर्व सभापति,सचिव तिलक शर्माले आफ्नो मन्तव्यमा  विगतदेखि वर्तमानसम्म पुस्तकालयका गतिविधि संक्षिप्तमा राख्दै यस पुस्तकालय एक ऐतिहासिक धरोहर रहेको बताए। कार्यक्रममा पुस्तकालयका पूर्व सभापति दिवंगत एनएन प्रधानका सुपुत्र डा. नगेन्द्र प्रधान र परिवारले पुस्तकालयका निम्ति दिंवगत एनएन प्रधानका तस्वीरसहित आर्थिक सहयोग रुपियाँ पाँच हजार प्रदान गरे स्वरुप पुस्तकालयले उनीहरुप्रति धन्यवाद टक्राएका छन्। कार्यक्रम अध्यक्ष पूर्ण गुरुङ ‘निरुपम’ले कालेबुङबाट खरसाङ अस्पतालमा एक कम्पाउन्डर जोम्बे पावल स्थान्तरण भई आएका थिए। उनले आफूले बस्ने किरायको घरको एक कोठामा विभिन्न पत्र-पत्रिका जोगाड गरी रिडिङ रुम बनाएका थिए। त्यहाँ विभिन्न पत्र-पत्रिका जाेगाड गरी राखिएको देखेर उनै आठजना सचेत व्यक्तिहरुले जोम्बे पावलका प्रगतिपरक विचारलाई पहिल्याएर पुस्तकालय शुरु गर्ने विचार राख्दै आफूहरुबाट आर्थिक सङग्रह जोगाड गर्दै पुस्तकालय संचालनमा ल्याए। उनीहरुले शुरु गरेको यस पुस्तकालय वर्तमानमा गोर्खा जन पुस्तकालय नामले परिचित भए पनि आरम्भमा यसका विविध नामहरु रिडिङ लाइब्रेरी, गोर्खा हिल कम्युनिटी लाइब्रेरी, गोर्खा नेशनल लाइब्रेरी, गोर्खा लाइब्रेरी हुँदै तदोपरान्त गोर्खा जन पुस्तकालय खरसाङले परिचित छ। यस पुस्तकालयको ऐतिहासिक चर्चा उठाउँदा आरम्भमा नै जोम्बे पावलको नाम आइहाल्ने हुनाले पुस्तकालय परिसरमा उनको अर्धसालिग भए पनि राख्न पर्ने प्रस्ताव राखे। यस विषयलाई पुस्तकालय संचालन समितिको मासिक सभामा मुख्य रुपले चर्चा गर्नपर्ने विषय राख्दै पुस्तकालयले वर्तमानसम्म गरेका उपलब्धिमाथि पनि मानोभाव व्यक्त गरी कार्यक्रम समापनको घोषणा गरे।

स्मरण रहोस् पुस्तकालयको स्थापना दिवसको दिन पुस्तकालयका पदाधिकारीगण र सदस्यवृन्द खरसाङ शहर अनि यस वरिपरिका कार्यालयहरु विभिन्न विद्यालय, खर्साङ महाविद्यालयमा पुगी पुस्तकालय विषय जानकारी दिँदै झण्डा दिवस कार्यक्रम गर्दै आइरहेथ्यो भने गत वर्ष २०२०- २०२१ मा वैश्विक महामारी कोविडको कारणले यो कार्यक्रम हुनसकेको थिएन। तथापि यसवर्ष रामकृष्ण बालिका उच्चतर विद्यालय, स्कट मिशन बालिका उच्चतर विद्यालय, सन्त तेरिजा बालिका उच्च विद्यालय, आदर्श उच्चतर विद्यालय अनि खरसाङ महाविद्यालयले यस दिवस सम्पन्न गररदिएकोमा विशेष धन्यवाद टक्राइयो। आजको यस कार्यक्रममा पुस्तकालयका सदस्यवृन्दका अपार जमघट थियो भने उपस्थित तमाम सदस्यहरुलाई खदा लगाई सम्मान जनाएको जानकारी एक प्रेस विज्ञप्ति मार्फत पुस्तकालयका उपाध्यक्ष ऋषि राईले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement