तीनधारेमा पाद्री गङ्गाप्रसाद प्रधान जयन्ती पालन गरिने

Tindharay-1

खरसाङ: तीनधारे गोलाई पाखास्थित यस क्षेत्रको सबैभन्दा पुरानो सामाजिक संस्था मित्र संघको तत्त्वधानमा मित्र संघ सामुदायिक भवनमा आदि पत्रकार पाद्री गंगाप्रसाद प्रधानको १७१औं जन्म जयन्ती पालन गरिने भएको छ। उक्त निर्णय मित्र संघ गोलाईको एक सभामा लिइएको जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा शिक्षाविद  मार्थारानी राई रहने अनि स्रोत वक्ताहरुको रुपमा समाजसेवी तथा कवि दिपक प्रधान अनि साहित्यकार युवराज सुन्दास रहने भएको छ। यसको साथै कार्यक्रममा कविता वाचन साथै सांगीतिक कार्यक्रम आयोजना गरिने भनी एल्डर मसीह प्रकाश मोक्तानमार्फत् सुवास बान्तावाले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement