कोरोनाको ६,१५५ नयाँ मामिला, ११ जनाकाे मृत्यु
नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ६,१५५ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४७,५१,२५९ पुगेकाे छ। विगत २४ घण्टामा देशमा कोरोनाले कुल ११ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,९५४ पुगेको छ। यसरी नै यस अवधिमा ३,३५३ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,८९,१११ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७५% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या ३१,१९४ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता ५.६३ प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता ३.४७ प्रतिशत रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,०९,३७८ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,२६,१३,५१६ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा १,९६३ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६६,२२,६६३ जनाले यो खोप लगाइसकेको छन्।