मंग्पू: मंग्पूसिन्कोना बगान अधीनस्थ रहेको मंग्पू विभाग कुलैन बगानमा कार्यरत दैनिक मजदुर ४५ वर्षिया जुना तामङको कार्य अवधिमै रुख लडेर आकस्मिक मृत्यु भएको छ। मंग्पूमा बिहीबार बिहानदेखि नै मुसलधारे पानी परेर कपुरको ठूलो रुख लडेर नै सिन्कोना बगान श्रमिक महिला जुनु तामाङको घटना स्थलमा नै मृत्यु भएको छ। घटनाको जानकारी पाउनसाथ स्थानीय गाउँलेहरुले उनलाई घटना स्थलबाट निकालेर मंग्पू अस्पताल पुर्याएपछि मंग्पू अस्पतालका डाक्टरले रम्बी अस्पतालमा रेफर गरेl उनलाई मंग्पू अस्पतालका डाक्टरले मृत घोषित गरेका थिए। मृतकको शवलाई पोस्टमर्टमको निम्ति कालेबुङ जिल्ला अस्पतालमा पठाइएको छ। प्राकृतिक प्रकोपको कारण सिन्कोना श्रमिकको मृत्युले मंग्पू नै शोकको लहरमा डुबेको छ।
घटना भएको सुन्न साथ मंग्पू पुलिस एसआई बिजय थामी अनि रोङचोङ ग्राम पञ्चायत सचिव रमेश प्रधान अनि स्थानीय सिन्कोना बगान अधिकारीहरु घटना स्थलमा पुगे। सिन्कोना बगान श्रमिक जुनु तामाङ बगानमा कार्य गर्दा गर्दै मृत्यु भएकोमा सिन्कोना बगान निर्देशक डा. सामुएल राई अनि मंग्पू सिन्कोना बगान ब्यवस्थापक गोपाल लामिछानेले शोक सन्तप्त परिवारप्रति दु:ख प्रकट गर्दै शोक सम्वेद्ना प्रकट गरेका छन्। उनको दु:ख निधनको समयमा शोकाकुल परिवारप्रति ईश्वरले सहन गर्ने शक्ति प्रदान गरुन भनि बगान अधिकारीले प्रार्थना गरेका छन्।