एएफसी ओलम्पिक क्वालीफायर्सः अञ्जु तामाङको गोल, लगातार दोस्रो जीतको साथ भारत दोस्रो चरणमा

IMG-20230407-WA0256.jpg

७ अप्रेलः भारतीय सीनियर महिला फूटबल टीमले लगातार दोस्रो जीतको साथ एएफसी महिला ओलम्पिक क्वालीफायरको दोस्रो चरणमा स्थान बनायो। भारतीय महिला टीमले आज खेलिएको म्याचमा किर्गिज रिपब्लिक (किर्गिस्तान) लाई ४-०-ले पराजित गऱ्यो। बिशकेकको डोलेन ओमुरजाकोव स्टेडियममा आज खेलिएको म्याचमा भारतीय टीमबाट सन्ध्या रंगनाथनले १८औं र ५६औं मिनटमा २ गोल गरिन्।

यसबाहेक अञ्जु तामाङले २४औं र रेणुले ८५औं मिनटमा गोल गरिन्। भारतले यसअघि खेलिएको पहिलो म्याचमा पनि आयोजक टीमलाई ५-०-ले पिटेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement