‘एक दिन भविष्यको निम्ति ऱ्याली’ मा सहभागिताको निम्ति आह्वान

Joint-Action-Council-1680492451.webp

गान्तोकः जोइन्ट एक्सन काउन्सिल (जेएसी) ले भोलि ८ अप्रेलका दिन सिङताममा ‘एक दिन भविष्यको निम्ति ऱ्याली’ को आयोजना गरिरहेको छ। उक्त ऱ्यालीलाई सफल तुल्याउन सबैलाई सहभागी भइदिने अनुरोध जेएसीका मध्यक्ष शान्त प्रधानले गरेका छन्।

जेएसी अध्यक्ष प्रधानले आज जारी एउटा भिडियो सन्देशमा जेएसीले भोलि सिङताममा एक दिन भविष्यको निम्ति ऱ्यालीको आयोजना गरिने बताएका छन्। उनले सिक्किम र सिक्किमेको अस्तित्वमाथि आइपरेको यो ठूलो संकटको समयमा समस्त सिक्किमेली जन समुदायलाई ऱ्यालीमा सहभागी भइदिएर सफल बनाइदिन आह्वान गरेका छन्। उनले ऱ्यालीमा सहभागिताको निम्ति विभिन्न संघ संस्थाहरूलाई अगावै अनुरोध गरिएको पनि जानकारी गराएका छन्।

About Author

Advertisement