हावड़ाः रेलवेले हावड़ाबाट न्यू जलपाईगढ़ी जाने वन्दे भारत एक्सप्रेस ट्रेनको समय सारिणीमा केही बदलाव गरिएको छ। यद्यपि, रेलवे सूत्रहरू अनुसार, यस पाली बदलाव केवल बरसोई स्टेशनको मामिलामा गरिएको छ। बरसोई स्टेशनमा अप र डाउन दुवै समय सारिणीमा केही बदलाव गरिएको छ। रेलवेले भनेको छ, वन्दे भारतको निम्ति नयाँ समय सारिणी १० अप्रेलदेखि प्रभावी हुनेछ। २२३०१ अप हावड़ा-न्यू जलपाईगढ़ी वन्दे भारतले हावड़ा स्टेशन देखि बिहान ५:५५ बजी प्रस्थान गर्दछ। ट्रेन आउने-जाने मार्गमा बोलपुर, मालदह टाउन र बरसोई स्टेशनहरूमा रोकिन्दछ।
अहिले वन्दे भारत हावड़ादेखि बिहान ५:५५ बजी प्रस्थान हुँदछ र ११:५० बजी बरसोई स्टेशन पुग्दछ। तर रेलवे अनुसार, नयाँ शेड्यूल अनुसार अप वन्दे भारत बिहान ११.३८ बजी बरसोई स्टेशन पुग्नेछ, दुई मनिट स्टेशनमा खड़ा रहनेछ र यसपछि फेरि गन्तव्यतिर प्रस्थान हुनेछ। त्यही, वर्तमान कार्यक्रम अनुसार, २२३०२ डाउन न्यू जलपाईगढ़ी-हावड़ा वन्दे भारत न्यू जलपाईगढ़ीदेखि हिँड़ेर साझँ ४ः४४ बजी बरसोई स्टेशन पुग्छ। १० अप्रेलदेखि डाउन वन्दे भारत बरसोई स्टेशनमा साझँ ४ः३३ बजी पुग्नेछ। ट्रेन हावड़ा फर्केको समय दुई मिनटको निम्ति बरसोई स्टेशनमा रोकिनेछ। यद्यपि, बाकी स्टेशनहरूको समयमा कुनै बदलाव गरिएको छैन। प्रधानमन्त्री नरेन्द्र मोदीले गत साल ३० दिसम्बरमा हावड़ा-न्यू जलपाईगढ़ी वन्दे भारतको उद्घाटन गरेका थिए। ट्रेन बिहान ५:५५ बजी हावड़ादेखि निस्किनेछ र दिउँसो १:२५ बजी न्यू जलपाईगढ़ी पुग्दछ। कूल साढ़े सात घण्टाको यात्रा हुन्छ।