महानदी, घुम्ती र जंगपाना चियाबारीमा चुनावी सभा सम्पन्न
खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे-महानदी समष्टिको प्रार्थी नवराज छेत्रीले लगातार रुपमा आफ्नो चुनाव प्रचार कार्य गरिरहेका छन्। बिहीबार नवराज छेत्रीले आफ्नो चुनावी प्रचार महानदीदेखि थालेर घुम्ती कमान हुँदै जंगपाना चियाबारीसम्म पुगेर चुनाव प्रचार गरेका छन्। महानदीस्थित चुनाव कार्यालयमा पार्टी कार्यकर्ताहरुसित अन्तरक्रिया गरेपछि घुम्ती चियाबारी पुगेर आदर्श श्रमिक कल्याण भवनमा चुनावी सभालाई सम्बोधन गरे। उक्त सभालाई घुम्ती चियाबारीको बुथ कमिटीको माग पत्रहरू प्रार्थी समक्ष राखे। चुनावी सभालाई भूतपूर्व सैनिक श्यामकुमार खवासले सञ्चालन गरे। उनले घुम्ती कमान क्षेत्रको विभिन्न समस्याहरू प्रार्थी समक्ष राखे। यस चुनावी सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीले भने, ‘तपाईहरूले मलाई जिताएको खण्डमा म यहाँको जनताको समस्याहरू समाधान गर्नलाई कार्य गर्नेछु अनि विशेष गरी चियाबारी श्रमिकहरूको हितमा कार्य गर्नेछु एक एकवटा जनताको असुविधालाई ध्यानमा राखेर कार्य गर्नेछुl’ यस सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान, महकुमाको सांगठनिक सचिव राजीव थापा, तीनधारे महानदी समष्टिको सभापति रबीन सुब्बा, कार्यकारी सभापति सीबी राई, सचिव सञ्जीव लामा, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, महकुमाको उपाध्यक्ष जनक छेत्री, तीनधारे महानदी समष्टिको जोनल सभापति गणु छेत्रीलगायत महकुमा र तीनधारे महानदी समष्टिको पदाधिकारीहरू, युवा शक्ति, नारी शक्ति र अन्य भ्रातृ संगठनहरूका प्रतनिधिहरू उपस्थित रहेका थिए। चुनावी सभापछि उनले घुम्ती चियाबारीको केही मानिसहरूसित पनि चुनाव प्रचार गर्दै भेटघाट पनि गरेका छन्। त्यसपछि पत्रकारहरूसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी नवराज छेत्रीले यसरी बताएका छन्।








