कोलकताः महानगर कोलकतामा अग्निशमन कर्मीहरूक नियुक्तिमा भएको धांधलीलाई लिएर पनि शुक्रवार विरोध प्रदर्शन भएको छ। जोइनिङ लेटर हातमा लिएर उम्मेदवार मिर्जा गालिब स्ट्रिट स्थित फायर ब्रिगेड मुख्यालय सामू पुगे। यहाँ विरोध प्रदर्शन गरिरहेका उम्मेदवारहरूले जोइनिङको निम्ति पक्का मितिको आश्वासनको माग गरे। उनीहरूको भनाई थियो,२०१८ मै उनीहरूले फायर ब्रिगेड अपरेटरको परीक्षा पास गरेका थिए।
प्रदर्शन गरिरहेको एक उम्मेदवारले बताए, कलकत्ता हाईकोर्टले छिटोभन्दा छिटो नियुक्तिको आदेश दिएको छ। यसको निम्ति नयाँ प्यानल पनि घोषित गरिएको छ। यसमा५०० फायर अपरेटरको नामको सूची दिइएको छ तर नियुक्ति प्रक्रिया शुरू नै गरिएको छैन। कोर्टले धेरै पल्ट छिटोभन्दा छिटो नियुक्तिको आदेश दिएको छ तर यसको अनुपालन भईरहेको छैन। उनीहरूको भनाई थियो, जबसम्म नियुक्तिको पक्का मिति बताइनेछैन तबसम्म विरोध प्रदर्शन चल्नेछ। यद्यपि, यिनीहरूको प्रदर्शनको सूचना पाएपछि भारी संख्यामा पुलिस टीम घटनास्थलमा पुगेको थियो र प्रदर्शनकारीहरूलाई सम्झाउने प्रयास भएको छ।