कोलकातामा डिभाइडरसॅंग बस ठोकिॅंदा ९ विद्यार्थी घाइते

accident11-1.jpg

कोलकताः पश्चिम बंगालको राजधानी कोलकातामा एउटा सडक दुर्घटनामा नौ विद्यार्थी घाइते भए। घटना कोलकाताको चिंगरीहाटामा आज बिहान भएको हो। सूत्रहरू अनुसार, शुक्रवार बिहान निजी म्यानेजमेन्ट कलेजको बस मेट्रोपोलिटनदेखि चिंगरीघटा गइरहेको थियो।

चिंगरीघटामा बस अनियन्त्रित बनेर सडक छेउ डिभाइडरसॅंग ठोकियो। बसको टक्करले अर्को लेनमा सडक छेउ एउटा दोकान ध्वस्त भयो। बसले अन्य दोकानहरूलाई पनि क्षति पुऱ्याएको छ। घटनापछि, विधाननगर साउथ थानाको पुलिस घटनास्थलमा आइपुग्यो। घटनापछि बस चालक भागेको पुलिस सूत्रहरूले बताएका छन्। स्थानीय मानिसहरूले घाइतेहरूलाई बसबाट बाहिर निकाले। घाइतेहरूलाई अस्पतालमा भर्ती गरिएको छ। बस ओभरस्पीडका कारण दुर्घटना भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement