भागोप्रमो टुंग सन्त मेरिज समष्टिको प्रार्थी नुरी शेर्पालाई चालकहरूको समर्थन

IMG-20220609-WA0144.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुङ्ग सन्तमेरिज समष्टिको उम्मेद्वार नुरी शेर्पालाई‌ सन्तमेरिज लोक्कल मारूती भेन सेन्टिगेटले पूर्ण समर्थन जनाउँदै आफ्नो परिवारको बहुमूल्य भोट दिएर विजय गराउने वचन दिएका छन्।
उक्त विषयमा बोल्दै सेन्टिगेटको सभापति इग्नेस लामा अनि अजय शेर्पाले अनित थापाको पहाडप्रतिको भिजनलाई उनले देखेको सपनालाई हामी सबै मिलेर साकार पार्नुपर्छ भनी ‌आह्वान् गरेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुङ्ग सन्तमेरिज समष्टिको प्रार्थी नुरी शेर्पा एक असल व्यक्ति भएकोले हामी सबै मिलेर समष्टिको उम्मेद्वार नुरी शेर्पालाई साथ दिने आह्वान् गर्दै नुरी शेर्पा एक असल व्यक्ति भएकोले हामी उनीप्रति आशावादी छौं र यसैले हामीले नुरी शेर्पालाई सहयोग गर्ने निर्णय भएकोले हाम्रो सम्पूर्ण भोट दिएर विजय गराउने वचन दिएका छन्। यस अवसरमा प्रार्थी नुरी शेर्पाले सेन्टीगेटका ड्राईभर दाजु भाईहरूले भोग्दै आएको समस्याहरूको समधान पनि विस्तारै हुने अवश्वासन दिएका छन्। आजको भेटघाट कार्यक्रम समष्टिको चुनाउ को-अर्डिनेटर दिपेश तामाङ, युवा शक्ति सभापति उग्रेन घिसिङ, विशाल भुजेल, संजय थापा, जोनल तथा प्रचार प्रसार सचिव सभापति बसन्त कुलुङ राईको आदिको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement