खरसाङ: साहित्यकार, उदघोषक, शिक्षक एंव पत्रकार युवराज सुन्दासकी मातृ शोकमा परेका छन्। तीनधारेको लोवर होटल गैरीस्थित निजी वासस्थानमा उनको माता लक्ष्मी सुन्दासको ७८ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि बिमारी थिइन् भने अन्त्यमा गत ४ जून २०२२ को दिन निधन भएको छ। शिक्षक, साहित्यकार युवराज सुन्दासकी माता लक्ष्मी सुन्दासको अन्त्येष्टि कार्य आगामी १६ जून २०२२ को दिन तीनधारेमा हुने जानकारी प्राप्त भएको छ।










