मन्त्री बीएस पन्थको अध्यक्षता तिमी नाम्फिङमा एसकेएम पार्टीको समन्वय सभा

IMG-20230407-WA0243.jpg

गान्तोक: तिमी नाम्फिङ निर्वाचन क्षेत्र अन्तर्गत तार्कुको कृषि सम्मेलन कक्षमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको समन्वय सभा सम्पन्न भयो। क्षेत्र विधायक तथा मन्त्री बेदुसिंह पन्थको अध्यक्षतामा सम्पन्न सभामा समष्टि स्तरीय पार्टी कार्यकर्ता, पञ्चायतगण लगायत बीएलसी र वार्ड स्तरीय समितिका कार्यकर्ताको उपस्थिति रहेको थियो।
सभामा पार्टीको विभिन्न जटिल विषयहरूबारे छलफल भयो।
सभालाई सम्बोधन गर्दै मन्त्री पन्थले अहिले चर्चामा रहेको वित्त विधेयक सिक्किमका पुरानो ब्यापारीहरुलाई आयकर छुट दिने सम्बन्धमा निकालिएको यो र बिललाई लिएर विपक्षी पार्टीहरूले सिक्किमेहरूको आस्था र भरोसा माथि खेलवाड गरिरहेको साथै विपक्षीको यस प्रकारको प्रवृत्तिबाट सिक्किमे जनता सावधान हुनुपर्ने बताए।
अहिले विपक्षी पार्टीहरूले सिक्किममा उठाउने कुनै मुद्दा नपाएर यो हाम्रो संवेदनशील विषय ३७१एफलाई लिएर जनतामा भ्रम फैलाउने कोशिस गरिरहेका छन्। सिक्किम क्रान्तिकारी मोर्चा पाटी जबदेखि सत्तामा आयो तबदेखि आम जनमानसमा आफ्नो योजना र कार्यक्रम जनतामाझ पुर्याउन सफल भएको छ र जतिसक्दो सरकारले सिक्किमलाई अगाडि बढाउने कार्य गरेको देखेर विपक्षी पार्टीहरु मुद्दाहिन भएको पनि उनलेे ठोकुवा गरे। विपक्षी पार्टीहरूको एउटै मुद्दा रहेको छ कि कसरी २०२४ मा सिक्किम क्रान्तिकारी मोर्चालाई हराउनु पर्ने र एसकेएम पार्टी २०२४ मा न हारेर अझै बलियो पार्टी भएर सरकार गठन गर्नेछ भन्ने कुराको पनि मन्त्री पन्थले विश्वस्त पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement