९ जूनः राजबारी युथको आयोजनमा तीनधारेमा जारी ओपन नक्आउट फूटबल टुर्नामेण्टमा बिहीवार दुईवटा प्री-क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय मिठाई डाँड़ा खेल मैदानमा आज दिनको पहिलो म्याचमा सिलगढ़ीको ब्राइट स्पोर्टिंग क्लबले गिद्धे केएसएसलाई ३-०-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा राजबारी टीम इलेभेनले मेडिकल एफसी विरुद्ध २-१-ले रोमाञ्चक जीत हासिल गऱ्यो। यस टुर्नामेण्टमा सम्पूर्ण उत्तर बंगालबाट १६ वटा नामी-दामी टीमहरूले हिस्स लिएका छन्। दुईवटा सेमिफाइनल म्याच १७ जूनमा हुनेछ। दिनको पहिलो म्याच दिउँसो १ बजी अनि दोस्रो म्याच २.३० बजीदेखि शुरु हुनेछ। फाइनल म्याच १९ जूनमा खेलिनेछ।







