कोलकाता नगरनिगमअन्तर्गतका विद्यालयहरूमा मुख्यमन्त्री

Kolkata-Municipal-Corporation-Photo

कोलकाता: कोलकाता नगरनिगमअन्तर्गतका विद्यालयहरूमा मुख्यमन्त्री ममता ब्यानर्जीको पुस्तक राख्ने विषयमा विवाद बढ्दै गएको छ। तर, शुक्रबार मेयर फिरहाद हाकिमले यसबारे स्पष्टीकरण दिएका छन्। मुख्यमन्त्रीले निकै मीठो कविता लेखेको उनले बताएका छन्। ‘उनले (मुख्यमन्त्री) बालबालिकाका लागि धेरै महत्त्वपूर्ण रचनाहरू पनि लेखेका छन्, जसलाई विद्यार्थीहरूले पढ्न रुचाउँछन्, त्यसैले उनको पुस्तक नगरनिगमका विद्यालयहरूमा राखिएको छl’ मुख्यमन्त्रीद्वारा लिखित लेखेका पुस्तक नगरनिगमअन्तर्गतका विद्यालयका पुस्तकालयमा राखिने उनले बताए। उल्लेखनीय छ, भर्खरै नगरनिगमले मुख्यमन्त्री ममता ब्यानर्जीको पुस्तक विद्यालयमा राख्ने निर्णय गरेको छ। नगरनिगमअन्तर्गत कुल २४२ विद्यालय छन्। यी विद्यालयका लागि पुस्तक खरिद गरिएको छ। नगरनिगमपछि अब राज्यभरका सरकारी विद्यालयमा पनि मुख्यमन्त्रीको पुस्तक राख्ने तयारी भइरहेको स्रोतले जनाएको छ। मुख्यमन्त्रीले बालबालिकाको मन बुझेर किताब लेखेको फिरहाद हाकिमले बताएl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement