गान्तोक: वर्तमान लिम्बू लिपि/शीरिजंगा लिपिका प्रवर्तक पद्मश्री बिर्ख बहादुर लिम्बू (बीबी मुरिंगला) को गत ८ मईको दिन निधन भयोl उनको निधनमा गान्तोकस्थित भारतीय लिम्बू महासंघले गहिरो शोक प्रकट गरेको छl महासंघका अध्यक्ष एसआर खजुमले विज्ञप्तिमा शोक प्रकट गर्दै यसो भनेका छन्, ‘लिम्बू जातिको निम्ति साँचो अर्थमा यो नितान्त रुपमा अपूरणीय क्षति भएको छl शोकाकुल मुरिंगला परिवारप्रति भारतीय लिम्बू महासंघ हार्दिक समवेदना प्रकट गर्दछl’











